Thursday, February 6, 2014

रुकुममा झाडापखालाको प्रकोप

रुकुममा केहि दिन देखि झाडापखाला फैलिदै गएको छ । पहिले पहिले सदरमुकाम आसपासमा मात्र यसको प्रभाव देखिएको थियो भने अहिले सदरमुकाम भन्दा वाहीरका गाविस हरुमा पनि यसको प्रकोप वढ्दै गएको छ । दैनिक जसो जिल्ला अस्पताल सल्लेमा झडापखालाका विरामी हरु आउने गरेको सम्बन्धित निकायले जनाएको छ ।
    झाडापखालाबाट बच्चन सबै रुकुमेली हरुलाई सचेत हुन विनम्र अनुरोध मेरो रहनेछ । झाडापखाला लागेपछि उपचार गर्नु भन्दा झाडापखाला लाग्न नदिनु नै उचित हो । त्यसको लागी दैनिक जिवनमा आफ्नो लगायत घर वरपर सरसफाइ गरी सफा सुघर हुनेहो भने केहि भए पनि झाडा पखाला बाट बच्च सकिन्छ ।

Tuesday, February 4, 2014

सरस्वती पुजा

विद्याकी माता सरस्वती पुजा आज माघ २१ गते परेको छ आज सरस्वतीको पुजा गर्नाले विद्या प्राप्त हुने जन विस्वास रही आएको छ । आज देशै भरी सरस्वती माता पुजा आज भैरहेको त्यसै गरी रुकुमा पनि विभिन्न
विद्यालय लगाएत, मठ, मन्दिर, घर, हरुमा सरस्वतीको मुर्ति तथा फोटोमा सरस्वती ले विद्या प्रदान गरुन भन्ने उद्देस्यले सरस्वती माताको पुजा आजा धुमधान रुपमा चलि रहेको छ । सरस्वती माताले सबै लार्य विद्या प्रदान गरुन यहि मेरो सुवेच्छा ।